LIFE WITH A DISABILITY AND VISION Krishna Bahadur Sunar (Mr.) National Association of the Physical Disabled-Nepal [NAPD-Nepla], Jwagal-10, Lalitpur Nepal Though I am a human being, the society ill-treats me as inhuman being blaming untouchable and so-called lower caste; behaves as unproductive parasitic individual accusing me the consequences of early birth's sin looking at my disability have motivated me to continuously fight for changing their attitudes till the society absolutely becomes friendlier to us. Hence, I believe in change. This is me Krishna Bahadur Sunar. But, I am most popularly recognized as "Krishna Gahatraj". I was born in March 04, 1985 in the remotest villages of the country. My hometown is at Phoolbari-9, Kailali district that lies in Far Western Development Region of Nepal. It is 723 kilometer far from the capital city i.e. Kathmandu of Nepal. It takes completely 17 to 18 hours by bus to travel and approximately an hour by pl...
Posts
खोइ त अपाङ्गतामैत्री भौतिक संरचना ? [Published on Rajdhani Daily Newspaper dated April 27, 2014]
- Get link
- X
- Other Apps
केहि समय अगाडि म नेपाल अवस्थित संयुक्त राष्ट्र संघको केन्द्रिय कार्यालय पुल्चोकमा संस्थागत उद्देश्यले पुगेको थिएँ । म एक शारीरिक अपाङ्गता भएको व्यक्ति भएकाले यस कार्यालयको सुरक्षा जाँचबुझ सहित प्रवेश गर्ने प्रवेशद्धाराबाट मलाई प्रवेश गर्न हम्मेहम्मे प¥यो । संयुक्त राष्टसंघीय लोगो टाँसिएका यातायातका साधनहरुले खचाखच कार्यालय परिसर छिचोलेर बैठक कक्षतिर लागे । मलाई बोलाइएको बैठक कक्ष दुई तला माथि रहेछ । चढ्ने भ¥याङ्गको रेलिङ्ग समात्दै लतारिएर माथि पुगेँ । बैठक सकिए पछि बाहिर निस्किएर चौतर्फी हेरेँ । कहिँ कतै पनि अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी भौतिक संरचना बनाएको पाइदैँन । तर, भूईँतलामा नै ¥याम्प सहितको एउटा बैठक कक्ष बनाइएको रहेछ त्यो पनि कुनै मापदण्डहीन चढ्नै गाह्रो हुने गरी बनाइएको छ । नेपालमा काम गर्दै आइरहेका झण्डै एक सय भन्दा बढी अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको अवस्था हामीजस्तै मानिसहरुको अधिकारका लागि काम गर्न÷गराउन र सिकाउन आएको भएता पनि उनीहरुको यहि दुरावस्था छ । कहिँ पनि अपाङ्गतामैत्री भौतिक संरचना पाइँदैन । त्यसैगरी, एक साता अगाडि त्रिभुवन विश्व विद्यालय अन्तरगत सञ...
वर्तमान संविधानसभा, अपाङ्गता प्रतिनिधित्व र सडक आन्दोलन
- Get link
- X
- Other Apps
मिति : २०७० पौष २१ वर्तमान संविधानसभा, अपाङ्गता प्रतिनिधित्व र सडक आन्दोलन विश्वको कुल जनसंख्याको झण्डै १५५ भन्दा बढी मानिसहरुमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको तथ्य विश्व स्वास्थ्य संगठनको अपाङ्गता सम्बन्धि प्रतिवेदन २०११ ले सार्वजनिक गरेको छ । नेपालको पछिल्लो राष्ट्रिय जनगणना २०११ अनुसार पनि देशको कुल जनसंख्याको झण्डै २५(१.९४%, ५१३,३२१) मानिसहरुमा अपाङ्गता रहेको तथ्य सार्वजनिकीकरण गरेको छ । यद्यपि, यो तथ्यलाई अपाङ्गताको क्षेत्रमा कार्यारत अपाङ्गता अधिकारकर्मीहरुले यही नै सही तथ्याङ्क हो भनी स्वीकार गरिरहेको अवस्था भने छैन । जेहोस्, यति ठूलो संख्यामा रहेका अधिकांश अपाङ्गता भएका व्यक्तिहरु विशेषगरी हाम्रो जस्तो विकाशोन्मुख र अतिकम विकसित देशहरुमा बसोबास गरेको आँकलन छ । करिब एघार लाखदेखि उन्नाइसलाख जति अपाङ्गता भएका व्यक्तिहरु त अत्यन्तै शारीरिक कठिनाइमा नै जीवन बाँचिरहेका छन् । यस अर्थमा पनि अपाङ्गता भएका व्यक्तिहरु गरिबहरुमा पनि अति गरिब र सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनैतिक दृष्ट्रिकोणबाट पनि अति उत्पीडित र वहिष्करणमा पारिएको वर्ग हो । कुनै पनि प्र...
अनिश्चितताको जिन्दगी
- Get link
- X
- Other Apps
मिति : २०७० कात्र्तिक १९ आज तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन । भविष्यको सुन्दर सपना बोकेर काठमाडौँ छिरेको करिब एक दशक भैसकेको छ । काठमाडौँ धेरै मानिसहरुको सपना हो , भविष्य हो अनि जीवन किनकी धेरै मानिसले यहाँ आफ्नो सुन्दर भविष्यको कर्मथलो बनाएर अहोरात्र खटिरहेका छन् । प्रत्येक पल काठमाडौँमा आफूलाई टिकाउनका लागि संघर्ष गर्नेहरु धेरै छन् । यस्तै मान्छेहरुको भीडमा म पनि एक हूँ । यो दश वर्षको अन्तरालमा जीवनमा धेरै आरोह अवरोहहरु आए । प्राय : सबैजसो दशैँ , तिहारमा घरमा पुगेकै थिएँ । जेनतेन दुःखसुखका साथ बुबाआमाको काखमा खुशी तथा उल्लासका साथ पर्व मनाइन्थ्यो । अफसोच : यसपटक भने त्यस्तो रहेन । काठमाडौँमा नै बस्नुपर्ने व्यवहारिक परिबन्ध आइप ¥ यो । जीवनमा चाहेर पनि घर जानै सकिन । काठमाडौँको दशैँको प्रत्यक्ष भोगाइ यो एकदशकको इतिहासमा पहिलो पटक हो । साँच्चिकै , सुनसान यो दशैँको साक्षी पनि पहिलो पटक बनँे । तर , तिहारको रौनक भने अलिक फरक हुँदोरहेछ यो काठमाडौँमा । पूर्णरुपमा सन्नाटा छाएको काठमाडौँमा तिहारको दिपावलीले झिलिमिलि बनाएको छ । औँशीको समयम...
लेख (शीर्षक) : नेपालमा अपाङ्गमैत्री भौतिक संरचना र वर्तमान कार्यान्वयनको अवस्था
- Get link
- X
- Other Apps
अपाङ्गताको परिभाषा तथा वर्गीकरणहरु विश्वव्यापी रुपमै एकरुपता पाइँदैन । यद्यपि , अपाङ्गताको परिभाषा र वर्गीकरण गर्दा अधिकांश देशहरुले विश्व स्वास्थ्य संगठनले गरेको अपाङ्गता सम्बन्धि व्याख्यालाई आधारभूत मापदण्ड मान्ने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनको अपाङ्गता सम्बन्धि यस व्याख्यालाई International Classification of Functioning Disability and Health भनिन्छ । यसलाई छोटकरीमा ICF पनि भनिन्छ । यसर्थ , नेपाल सरकारले पनि अपाङ्गतालाई शरीरका अङ्गहरु र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक , सामाजिक , साँस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोधसमेतले दैनिक क्रियाकलाप सामान्य रुपमा सञ्चालित गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई जनाएको छ । शारीरिक अङ्गहरु र शारीरिक प्रणालीमा भएको समस्या एवं कठिनाइको प्रकृतिअनुसार अपाङ्गतालाई शारीरिक अपाङ्गता , दृष्ट्रिसम्बन्धि अपाङ्गता , सुनाइसम्बन्धि अपाङ्गता , श्रवणदृष्ट्रिविहीन अपाङ्गता , स्वर बोलाइसम्बन्धि अपाङ्गता , मानसिक अपाङ्गता र...
गजल - शीर्षक : सत्यको विजय
- Get link
- X
- Other Apps
झुटको खेती बाँजो खेतमा कहिल्यै सप्रिएको छ र सानु ? बगरमा बालुवाको महल कहिल्यै बनिएको छ र सानु ?? तिमले जति प्रपञ्च रचे पनि अन्तत: सत्यको नै जीत हुन्छ । असत्यको जीत यहाँ कहिल्यै इतिहासमा भएको छ र सानु ?? हिजो मैले तिम्रा खातिर ज्यानै फाली लडेकै थिएँ आखिर । आखिर नलड्नेले युद्ध कहिल्यै जीतेको देखिएको छ र सानु ?? काम गर्दा सबै सम्झौता लिखापढिमा मात्र हुने गर्दैनन् । अविश्वासका सामु विश्वास कहिल्यै हारेको छ र सानु ?? हामी बिचको सम्झौतालाई तोड्न तिमी सबैलाई गुहारिछौ । सत्यता र विश्वासलाई बुझ्नेहरुबाट साथ तिमिले पायौ र सानु ?? सत्यता र विश्वासका सामु तिमले अन्तत: नीरिह भै झुक्नैपर्यो । नैतिकता र विश्वास गुमाउन के तिमी निर्वश्त्र हुनैपर्छ र सानु ??
कविता : भ्रमको खेती
- Get link
- X
- Other Apps
हिजो सँगै काम गर्दा चिनेको छु तिमिलाई । खोक्रो आडम्बरमा क्रान्तिको कुरा गर्ने तिमिलाई ॥ त्यसैले डलरको भरमा विदेशीको डरमा तिमिले डकारेको सुहायन । क्रान्तिकारी कुरा गरी चोरमाथिको साधुझैँ तिमिले परिवर्तनकामी बनेको सुहायन ॥ मलाई पनि पहिले पहिले लाग्थ्यो तिमि परिवर्तनकामी नै होऊ । समता सहितको समानता र समावेशी गणतान्त्रिक लोकतन्त्रको अ भियन्ता नै होऊ ॥ तर, तर........... तिम्रो कर्तुतको पराकाष्ट पनि भोगेकै छु । समता सहितको समानता र समावेशीको तिम्रो खोक्रो नाराको पूर्ण सिकार पनि बनेकै छु ॥ आजभोलि देख्छु तिमिले क्रान्तिको चर्को कुरा गरेको । लोकतन्त्रको खोल ओढी परिवर्तनको नारा लाएको ॥ के ऐनामा तिमिले कहिल्यै आफ्नो अनुहार हेरेका छौ ? मै हूँ भन्ने तानाशाहीको अहंकार पनि तोडिएको पढेको छौ ? त्यसैले, त्यसैले................. होशियार होउ अब छलकपटमा फसाउन सक्ने छैनौ तिमि । क्रान्तिको नाममा अब भ्रान्तिमा छकाउन सक्ने छैनौ तिमि ॥ मुखले होइन व्यवहारबा...