Posts

वर्तमान संविधानसभा, अपाङ्गता प्रतिनिधित्व र सडक आन्दोलन

मिति : २०७० पौष २१ वर्तमान संविधानसभा, अपाङ्गता प्रतिनिधित्व र सडक आन्दोलन विश्वको कुल जनसंख्याको झण्डै १५५ भन्दा बढी मानिसहरुमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको तथ्य विश्व स्वास्थ्य संगठनको अपाङ्गता सम्बन्धि प्रतिवेदन २०११ ले सार्वजनिक गरेको छ । नेपालको पछिल्लो राष्ट्रिय जनगणना २०११ अनुसार पनि देशको कुल जनसंख्याको झण्डै २५(१.९४%, ५१३,३२१) मानिसहरुमा अपाङ्गता रहेको तथ्य सार्वजनिकीकरण गरेको छ । यद्यपि, यो तथ्यलाई अपाङ्गताको क्षेत्रमा कार्यारत अपाङ्गता अधिकारकर्मीहरुले यही नै सही तथ्याङ्क हो भनी स्वीकार गरिरहेको अवस्था भने छैन । जेहोस्, यति ठूलो संख्यामा रहेका अधिकांश अपाङ्गता भएका व्यक्तिहरु विशेषगरी हाम्रो जस्तो विकाशोन्मुख र अतिकम विकसित देशहरुमा बसोबास गरेको आँकलन छ । करिब एघार लाखदेखि उन्नाइसलाख जति अपाङ्गता भएका व्यक्तिहरु त अत्यन्तै शारीरिक कठिनाइमा नै जीवन बाँचिरहेका छन् । यस अर्थमा पनि अपाङ्गता भएका व्यक्तिहरु गरिबहरुमा पनि अति गरिब र सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनैतिक दृष्ट्रिकोणबाट पनि अति उत्पीडित र वहिष्करणमा पारिएको वर्ग हो ।  कुनै पनि प्र...

अनिश्चितताको जिन्दगी

मिति  :  २०७० कात्र्तिक १९ आज तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन । भविष्यको सुन्दर सपना बोकेर काठमाडौँ छिरेको करिब एक दशक भैसकेको छ । काठमाडौँ धेरै मानिसहरुको सपना हो ,  भविष्य हो अनि जीवन किनकी धेरै मानिसले यहाँ आफ्नो सुन्दर भविष्यको कर्मथलो बनाएर अहोरात्र खटिरहेका छन् । प्रत्येक पल काठमाडौँमा आफूलाई टिकाउनका लागि संघर्ष गर्नेहरु धेरै छन् । यस्तै मान्छेहरुको भीडमा म पनि एक हूँ । यो दश वर्षको अन्तरालमा जीवनमा धेरै आरोह अवरोहहरु आए । प्राय :  सबैजसो दशैँ ,  तिहारमा घरमा पुगेकै थिएँ । जेनतेन दुःखसुखका साथ बुबाआमाको काखमा खुशी तथा उल्लासका साथ पर्व मनाइन्थ्यो । अफसोच :  यसपटक भने त्यस्तो रहेन । काठमाडौँमा नै बस्नुपर्ने व्यवहारिक परिबन्ध आइप ¥ यो । जीवनमा चाहेर पनि घर जानै सकिन । काठमाडौँको दशैँको प्रत्यक्ष भोगाइ यो एकदशकको इतिहासमा पहिलो पटक हो । साँच्चिकै ,  सुनसान यो दशैँको साक्षी पनि पहिलो पटक बनँे । तर ,  तिहारको रौनक भने अलिक फरक हुँदोरहेछ यो काठमाडौँमा । पूर्णरुपमा सन्नाटा छाएको काठमाडौँमा तिहारको दिपावलीले झिलिमिलि बनाएको छ । औँशीको समयम...

लेख (शीर्षक) : नेपालमा अपाङ्गमैत्री भौतिक संरचना र वर्तमान कार्यान्वयनको अवस्था

अपाङ्गताको परिभाषा तथा वर्गीकरणहरु विश्वव्यापी रुपमै एकरुपता पाइँदैन । यद्यपि ,  अपाङ्गताको परिभाषा र वर्गीकरण गर्दा अधिकांश देशहरुले विश्व स्वास्थ्य संगठनले गरेको अपाङ्गता सम्बन्धि व्याख्यालाई आधारभूत मापदण्ड मान्ने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनको अपाङ्गता सम्बन्धि यस व्याख्यालाई  International Classification of Functioning Disability and Health  भनिन्छ । यसलाई छोटकरीमा  ICF  पनि भनिन्छ । यसर्थ ,  नेपाल सरकारले पनि अपाङ्गतालाई शरीरका अङ्गहरु र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक ,  सामाजिक ,  साँस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोधसमेतले दैनिक क्रियाकलाप सामान्य रुपमा सञ्चालित गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई जनाएको छ । शारीरिक अङ्गहरु र शारीरिक प्रणालीमा भएको समस्या एवं कठिनाइको प्रकृतिअनुसार अपाङ्गतालाई शारीरिक अपाङ्गता ,  दृष्ट्रिसम्बन्धि अपाङ्गता ,  सुनाइसम्बन्धि अपाङ्गता ,  श्रवणदृष्ट्रिविहीन अपाङ्गता ,  स्वर बोलाइसम्बन्धि अपाङ्गता ,  मानसिक अपाङ्गता र...

गजल ‍- शीर्षक : सत्यको विजय

झुटको खेती बाँजो खेतमा कहिल्यै सप्रिएको छ र सानु ? बगरमा बालुवाको महल कहिल्यै बनिएको छ र सानु ?? तिमले जति प्रपञ्च रचे पनि अन्तत: सत्यको नै जीत हुन्छ । असत्यको जीत यहाँ कहिल्यै इतिहासमा भएको छ र सानु ?? हिजो मैले तिम्रा खातिर ज्यानै फाली लडेकै थिएँ आखिर । आखिर नलड्नेले युद्ध कहिल्यै जीतेको देखिएको छ र सानु ?? काम गर्दा सबै सम्झौता लिखापढिमा मात्र हुने गर्दैनन् । अविश्वासका सामु विश्वास कहिल्यै हारेको छ र सानु ?? हामी बिचको सम्झौतालाई तोड्न तिमी सबैलाई गुहारिछौ । सत्यता र विश्वासलाई बुझ्नेहरुबाट साथ तिमिले पायौ र सानु ?? सत्यता र विश्वासका सामु तिमले अन्तत: नीरिह भै झुक्नैपर्यो । नैतिकता र विश्वास गुमाउन के तिमी निर्वश्त्र हुनैपर्छ र सानु ??

कविता : भ्रमको खेती

हिजो सँगै काम गर्दा चिनेको छु तिमिलाई । खोक्रो आडम्बरमा क्रान्तिको कुरा गर्ने तिमिलाई ॥ त्यसैले डलरको भरमा विदेशीको डरमा तिमिले डकारेको सुहायन । क्रान्तिकारी कुरा गरी चोरमाथिको साधुझैँ तिमिले परिवर्तनकामी बनेको सुहायन ॥ मलाई पनि पहिले पहिले लाग्थ्यो तिमि परिवर्तनकामी नै होऊ । समता सहितको समानता र समावेशी गणतान्त्रिक लोकतन्त्रको अ भियन्ता नै होऊ ॥ तर, तर........... तिम्रो कर्तुतको पराकाष्ट पनि भोगेकै छु । समता सहितको समानता र समावेशीको तिम्रो खोक्रो नाराको पूर्ण सिकार पनि बनेकै छु ॥ आजभोलि देख्छु तिमिले क्रान्तिको चर्को कुरा गरेको । लोकतन्त्रको खोल ओढी परिवर्तनको नारा लाएको ॥                   के ऐनामा तिमिले कहिल्यै आफ्नो अनुहार हेरेका छौ ? मै हूँ भन्ने तानाशाहीको अहंकार पनि तोडिएको पढेको छौ ? त्यसैले, त्यसैले................. होशियार होउ अब छलकपटमा फसाउन सक्ने छैनौ तिमि । क्रान्तिको नाममा अब भ्रान्तिमा छकाउन सक्ने छैनौ तिमि ॥ मुखले होइन व्यवहारबा...

गजलको शीर्षक : असफलता

रहरहरु बोकेर सहरतिर छिरेपछि । सपनाहरु टुटेर बगरतिर मिलेपछि ॥ रहरहरु जहर भए । सपनाहरु बगर भए ॥ सङ्घर्ष नै जीबनको पर्याबाची भएपछि । निराशा नै सफलताको परिणति भएपछि ॥ जीबनहरु सङ्घर्ष भए । निराशाहरु सफल भए ॥