कविता शिर्षक : दुर्घटित मन

कविता

शिर्षक : दुर्घटित मन


त्यसैगरी उभिएको छु
आज पनि दोबाटोमा
लिएर अञ्जुलीभरी
तिम्रै प्रेमका ती फूलहरु
सजाएर हृदयको बगैँचामा ।

तिम्रै प्रेमले चुड्यो त्यो फूल वा
त्यही फूलले चुड्यो तिम्रो प्रेम
ओइली झर्ने आशङ्कामा
बन्दाबन्दै अधिक संयमित
जिन्दगीका ती कठिन घुम्तीहरुमा ।।

वषौँ पछि आज फेरी
उही बगैँचामा रुमल्लिएको छु
बोकेर त्यहि दुर्घटित मन
र, खोजिरहेछु त्यही हृदयको फूल
जसले ‘तिमी’ र ‘म’ ‘हामी’ भएका थियौँ ।

Comments

Popular posts from this blog

गजल