कविताः शिर्षकः ‘बा’

 

‘बा’ आफैमा एउटा घर रहेछन्

आत्माविश्वासको धरोहर रहेछन्

अभिभावकत्वको सार रहेछन्

अदम्य साहसका प्रतिमुर्ती रहेछन् ।

 

‘बा’ बाटो देखाउने पथप्रदर्शक रहेछन्

हरप्रहर काँध थाप्ने जिम्मेवारी रहेछन्

दुःख सहेर लड्न सक्ने शुरवीर रहेछन्

घाम सहेर लड्न सक्ने हिम्मत रहेछन्

पानी सहेर रुझ्न सक्ने कोमल रहेछन् ।।

 

अहो! ‘बा’ नै ढले भने त !

‘बा’ आफू एक्लै ढल्ने रहेनछन्

‘बा’ सँगै पुरै घर ढल्ने रहेछ ।

आत्माविश्वासको धरोहर ढल्ने रहेछ

अभिभावकत्वको सार नै ढल्ने रहेछ ।।।

 

त्यसैले, ‘बा’ कदापि ढल्नुहुँदैन 

‘बा’कै अभिभावकत्वमा तर्नु छ

त्यो सागर

लडेर अन्यायका विरुद्द उघार्नु छ

न्यायको त्यो जँघार !

र, बनाउनु छ ‘बा’ लाई सदैव अमर !!!

 

 

 

 

Comments

Popular posts from this blog

कविता शिर्षक : दुर्घटित मन

गजल