कविता : अनुरोध

२०७२ कात्र्तिक १९

‘तिमी’ सधैँ ‘तिमी’ नै रह्यौ
‘म’ सधैँ ‘म’ नै रहेँ
त्यसैले ‘तिमी’ र ‘म’
कहिल्यै ‘हामी’ भएनौँ ।।

‘तिमी’ कहिल्यै ‘म’ भइदिए
‘म’ कहिल्यै ‘तिमी’ भइदिए
सायद
‘हामी’ बिचको दुरी मेटिन्थ्यो
यात्राको गन्तव्य भेटिन्थ्यो ।।
‘तिमी’मा ‘म’ भ्रम हुँला ।
‘म’ मा पनि ‘तिमी’ भ्रम होउली ।।
त्यसैले अब
‘हामी’ बिचको भ्रम चिर्नुपर्छ
पवित्र प्रेमको यात्रा रच्नुपर्छ ।।
यदि,
‘तिमी’ जस्तै ‘म’ भए
‘म’ जस्तै ‘तिमी’ भए
‘हामी’ मिलेर सपना देखौँ
संसारकै पवित्र प्रेम रचौँ ।।

Comments

Popular posts from this blog

कविता शिर्षक : दुर्घटित मन

गजल