गजल

मिति : २०७३ जेष्ठ १५

चलाएर आलो घाउ दुखाउने नी तिमी नै हौ
चिच्याएर रुदा खेरी भुलाउने नी तिमी नै हौ

सम्झेर सर्वस्व तिमीलाई गरीरहेँ चोखो प्रेम 

सिलाएर मुटु फेरी रुवाउने नी तिमी नै हौ

गरिरहेँ बिन्ति तिमीलाई छोडेर नजाऊ भनी 

रुवाएर आँखा फेरी सुकाउने नी तिमी नै हौ

सबै उस्तै हुन्न रहेछ मान्छेहरुको मन पनि 

जोडाएर मुटु फेरी फुटाउने नी तिमी नै हौ

Comments

Popular posts from this blog

कविता शिर्षक : दुर्घटित मन

गजल