गजल

मिति : २०७३ श्रावण ११, मंगलबार

सकिनसकि जेनतेन जिन्दगानी चलाएको छु । 
आँशुका यी मझेरीमा खुशीहरु फलाएको छु ।।

कति दुखे दुखे यी मनहरु तिम्रो वियोगमा

झर्लान् कि आँशु भनी पीडाहरु छलाएको छु ।। 

नचाहेरै हिँड्नु पर्ने तिमी हिँड्ने ती गल्लीहरु

सम्झीएर त्यही कहानी आफैँलाई जलाएको छु ।।।

नबनाउ अधिक कठोर तिम्रा ती मनहरु  

गरेर प्रेम मैले पत्थरलाई नी गलाएको छु ।।

छैन खाएको हार अझै पनि जिन्दगीदेखि

संघर्षका विशाल पहाहरु पनि ढलाएको छु । 

Comments

Popular posts from this blog

कविता शिर्षक : दुर्घटित मन

गजल