Posts

कविताः शिर्षकः ‘बा’

  ‘बा’ आफैमा एउटा घर रहेछन् आत्माविश्वासको धरोहर रहेछन् अभिभावकत्वको सार रहेछन् अदम्य साहसका प्रतिमुर्ती रहेछन् ।   ‘बा’ बाटो देखाउने पथप्रदर्शक रहेछन् हरप्रहर काँध थाप्ने जिम्मेवारी रहेछन् दुःख सहेर लड्न सक्ने शुरवीर रहेछन् घाम सहेर लड्न सक्ने हिम्मत रहेछन् पानी सहेर रुझ्न सक्ने कोमल रहेछन् ।।   अहो! ‘बा’ नै ढले भने त ! ‘बा’ आफू एक्लै ढल्ने रहेनछन् ‘बा’ सँगै पुरै घर ढल्ने रहेछ । आत्माविश्वासको धरोहर ढल्ने रहेछ अभिभावकत्वको सार नै ढल्ने रहेछ ।।।   त्यसैले, ‘बा’ कदापि ढल्नुहुँदैन   ‘बा’कै अभिभावकत्वमा तर्नु छ त्यो सागर लडेर अन्यायका विरुद्द उघार्नु छ न्यायको त्यो जँघार ! र, बनाउनु छ ‘बा’ लाई सदैव अमर !!!        

Life at Work

Image
😉😉😉

गजल

मिति : २०७३ श्रावण ११, मंगलबार सकिनसकि जेनतेन जिन्दगानी चलाएको छु ।  आँशुका यी मझेरीमा खुशीहरु फलाएको छु ।। कति दुखे दुखे यी मनहरु तिम्रो वियोगमा झर्लान् कि आँशु भनी पीडाहरु छलाएको छु ।।  नचाहेरै हिँड्नु पर्ने तिमी हिँड्ने ती गल्लीहरु सम्झीएर त्यही कहानी आफैँलाई जलाएको छु ।।। नबनाउ अधिक कठोर तिम्रा ती मनहरु   गरेर प्रेम मैले पत्थरलाई नी गलाएको छु ।। छैन खाएको हार अझै पनि जिन्दगीदेखि संघर्षका विशाल पहाहरु पनि ढलाएको छु । 

गजल

मिति : २०७३ श्रावण २ मैले घायल मुटुमा तीर रोपेर बाँचेको छु  तिमले दिएका सबै पीर छोपेर बाँचेको छु । आलै छन् घाउहरु तिम्रो वियोगमा बनेका सँगालेर छातिभित्र झीर रोपेर बाँचेको छु ।। आउ बरु आफैँ तिमी नपठाउ तिम्रा यादहरु  आफ्नै मुटुको योे डिल खोपेर बाँचेको छु । 

गजल

मिति : २०७३ जेष्ठ १५ चलाएर आलो घाउ दुखाउने नी तिमी नै हौ चिच्याएर रुदा खेरी भुलाउने नी तिमी नै हौ सम्झेर सर्वस्व तिमीलाई गरीरहेँ चोखो प्रेम  सिलाएर मुटु फेरी रुवाउने नी तिमी नै हौ गरिरहेँ बिन्ति तिमीलाई छोडेर नजाऊ भनी  रुवाएर आँखा फेरी सुकाउने नी तिमी नै हौ सबै उस्तै हुन्न रहेछ मान्छेहरुको मन पनि  जोडाएर मुटु फेरी फुटाउने नी तिमी नै हौ

कविता शिर्षक : दुर्घटित मन

Image
कविता शिर्षक : दुर्घटित मन त्यसैगरी उभिएको छु आज पनि दोबाटोमा लिएर अञ्जुलीभरी तिम्रै प्रेमका ती फूलहरु सजाएर हृदयको बगैँचामा । तिम्रै प्रेमले चुड्यो त्यो फूल वा त्यही फूलले चुड्यो तिम्रो प्रेम ओइली झर्ने आशङ्कामा बन्दाबन्दै अधिक संयमित जिन्दगीका ती कठिन घुम्तीहरुमा ।। वषौँ पछि आज फेरी उही बगैँचामा रुमल्लिएको छु बोकेर त्यहि दुर्घटित मन र, खोजिरहेछु त्यही हृदयको फूल जसले ‘तिमी’ र ‘म’ ‘हामी’ भएका थियौँ ।

शिर्षक : वैसाखी

Image
कविता बिसाएर भारी — ‘जिन्दगीको’ एकजोर ती वैसाखीहरुमा चालेकी छिन् “उनी”ले  संघर्षशील जिन्दगीको एक महान् यात्रा ।  झरिन् होला कयौँ ओरालीहरु “निराशाका” चढिन् होला कयौँ उकालीहरु “अदम्य सहासका” लिएर भरोषा केवल तिनै एकजोर वैसाखीको ।। भाँचिए होलान्  जीवनयात्रामा “उनी”का सपनाहरु बोक्ने  कयौँजोर तीे वैसाखीहरु तर अँहँ  टुटेका छैनन् “उनी”का समाज बदल्ने ती अदम्य सहासहरु । पोखिदा सपनाहरु छताछुल्ल  मान्छेहरुको भीडमा हाँस्दा हुन् कति अ—मान्छे भएर  तर पनि “उनी” लरबराएका ती पाउहरुले टेकेर धर्तीमा सहासले  बटुलेर ठड्याएकी छिन्  सपनाहरुको एउटा महल ।।। रोइन् होला धेरै पटक जिन्दगीमा राखेर साक्षी तीनै एकजोर वैसाखीहरुलाई,   छोइन् होला पटकपटक  मागेर साथ तीनै महत्वाकांक्षी सपनाहरुलाई् हेर्दो हो यो समाज “उनी”लाई आफ्नै एक दृष्ट्रिकोणले  देख्दो हो पहिले “उनी”लाई तीनै एकजोर वैसाखीहरुमा  र, भन्दो हो एक “असबल” नारी भनेर !! त्यसैले भन्छिन् — “उनी” बनाउनु छ एउटा आफू जस्तै भइ बाँच्ने संसार  जहाँ मान्...

शिर्षक : अभिलाषा

कविताः २०७२ माघ २४ देखेर मेरा यी नयनहरुले तिम्रा ती सपनाहरु  वर्तमान बाँचीरहेछु । भुलेर सारा दुःखहरु जीवनका तिमीसँगै बाँच्ने चाहले बचेका केहि खुशीहरु सँगाली भविष्य साँचिरहेछु ।। छोडिदेऊ तिमी सोँच्न अरु केहि दुनियाँ हामीलाई के भन्ला भनेर । बाँच्नुपर्छ सँगै हामी अब जीवनका सबै ती अप्ठ्यारा चट्टानहरु फोरेर ।। थाहै छ तिमीलाई बाँच्छन् ती ‘क्याक्टसहरु’ पनि उजाड त्यो मरुभूमिमा भोलिलाई फुल्नु छ भनेर । गरौँ संघर्ष जिन्दगीका भइ दुई हामी एक अतीतलाइ भुल्नु छ भनेर ।।

YAN Picnic@Jan 16, 2016@Kakani

Image

कविता : अनुरोध

२०७२ कात्र्तिक १९ ‘तिमी’ सधैँ ‘तिमी’ नै रह्यौ ‘म’ सधैँ ‘म’ नै रहेँ त्यसैले ‘तिमी’ र ‘म’ कहिल्यै ‘हामी’ भएनौँ ।। ‘तिमी’ कहिल्यै ‘म’ भइदिए ‘म’ कहिल्यै ‘तिमी’ भइदिए सायद ‘हामी’ बिचको दुरी मेटिन्थ्यो यात्राको गन्तव्य भेटिन्थ्यो ।। ‘तिमी’मा ‘म’ भ्रम हुँला । ‘म’ मा पनि ‘तिमी’ भ्रम होउली ।। त्यसैले अब ‘हामी’ बिचको भ्रम चिर्नुपर्छ पवित्र प्रेमको यात्रा रच्नुपर्छ ।। यदि, ‘तिमी’ जस्तै ‘म’ भए ‘म’ जस्तै ‘तिमी’ भए ‘हामी’ मिलेर सपना देखौँ संसारकै पवित्र प्रेम रचौँ ।।

एक अनौँठो साँचो प्रेम

२०७२ मंसिर ५ केवल तिमिप्रति समर्पित ...मात्र तिम्रा लागि अँ ह..उसले पूर्णविश्वास नै गर्न सकेको छैन । उसले गरेको चोखो प्रेम आज ठीक आठ वर्षपछि व्यूँतिएर आएको छ भनेर । मदिराको मन्द नसामा छ ऊ । अचानक उसको मोबाइलनमा घण्टी बज्छ । मोबाइल झिक्छ र हेर्छ । नयाँ नम्बर बेनामी भएर बोलाइरहन्छ उसलाई । हिम्मत गरेर हेलो भन्छ । एक अपरिचित महिलाको आवाज सुन्छ । महिला सिधै बेनामी भएर कुरैकुराका प्रसंगहरु अगाडि बढाउने प्रयत्न गर्छे ऊसँग । उसलाई यो पटक्कै मन पर्दैन र फोन राख्ने प्रयास गर्छ । बेनामी महिला आफ्नो परिचय दिन विवस ठान्छे र भन्छे — म तिम्रो उही के .......। ऊ अवाक् हुन्छ । मदिराको नसाले क्षणभरमै छोड्छ उसलाई । विश्वासै गर्न सक्दैन । र, भन्छ — आर यू ..... । रियल्ली ? रियल्ली ?? रियल्ली ??? जवाफमा उसले भन्छे — एस् म .....। उसले पुनः प्रश्न गर्छ — हाउ डेयर यू कल मी ? जवाफ दिन्छे — किन ? फोन गर्न नहुने थियो ? उसले परिस्थितिलाई सामान्यीकरण पार्दै भन्छ — होइन, मैले तिमिलाई कहिल्यै त्यसो भनेको छु र ? प्रतिप्रश्न गर्दै सोध्छ उसले — यत्तिका वर्ष पछि बरु अचानक, अकस्मात कसरी भनेर नी ।  सामा...

गजल : अति भो तिम्रो लिला

Image
                              मिति : २०७१ कात्र्तिक १८ भै गो अब तिमीसँग भेट्नु छैन मैले । रेटिएको मुटु अझै रेट्नु छैन मैले ।। बाचाहरु धेरै गर्याै   सगरमाथा चुली बन्ने ।  पीडाको त्यो गन्तव्य छेड्नु छैन मैले ।। धेरै कोशिष गरेँ मैले तिमीलाई भुल्न भनी ।  हृदयमा बसेकी छ्यौ मुटु सेक्नु छैन मैले ।। भूल भयो तिमीसँग फगत् सपनाहरु देख्न ।  गन्तव्यहीन यात्रा अब बाँच्नु छैन मैले ।। हाँसोसँग खुशी जीवन बाँच तिमी सधैँभरी ।  हेर्ने इच्छा यही छ फूलले सजिनु छैन मैले ।।

गजल : तिम्रो प्रेम लिला

              मिति : २०७१ कात्र्तिक २०         हिँडेकै थिएँ आफ्नो बाटो पटक पटक तान्छौ किन ? दुखेको यो आलो घाउमा फेरी छुरा हान्छौ किन ? घाइते बनाइ छाड्यौ तिम्ले चलमलाउनै नसक्ने गरी अविश्वासका भाका राखी भेट्ने कसम खान्छौ किन ? अति भयो तिम्ले गर्ने मसँगको अविश्वासी प्रेम लिला  खोलीका दुई किनारालाई जोड्न व्यर्थै तान्छौ किन ? चिरीदिन्छु छाती मेरो अब अविश्वासी नै ठान्छौ भने आफैलाई छल्ने मनलाई फेरी सारादेव मान्छौ किन ? सबैलाई जित्ने म आज आफ्नै मनसँग हारेको छु फेरी त्याग नै गर्न सक्दिनौ भने झुठो माया गर्छु भन्छौ किन ?
LIFE WITH A DISABILITY AND VISION Krishna Bahadur Sunar (Mr.) National Association of the Physical Disabled-Nepal [NAPD-Nepla], Jwagal-10, Lalitpur Nepal Though I am a human being, the society ill-treats me as inhuman being blaming untouchable and so-called lower caste; behaves as unproductive parasitic individual accusing me the consequences of early birth's sin looking at my disability have motivated me to continuously fight for changing their attitudes till the society absolutely becomes friendlier to us. Hence, I believe in change. This is me Krishna Bahadur Sunar. But, I am most popularly recognized as "Krishna Gahatraj". I was born in March 04, 1985 in the remotest villages of the country. My hometown is at Phoolbari-9, Kailali district that lies in Far Western Development Region of Nepal. It is 723 kilometer far from the capital city i.e. Kathmandu of Nepal. It takes completely 17 to 18 hours by bus to travel and approximately an hour by pl...

खोइ त अपाङ्गतामैत्री भौतिक संरचना ? [Published on Rajdhani Daily Newspaper dated April 27, 2014]

केहि समय अगाडि म नेपाल अवस्थित संयुक्त राष्ट्र संघको केन्द्रिय कार्यालय पुल्चोकमा संस्थागत उद्देश्यले पुगेको थिएँ । म एक शारीरिक अपाङ्गता भएको व्यक्ति भएकाले यस कार्यालयको सुरक्षा जाँचबुझ सहित प्रवेश गर्ने प्रवेशद्धाराबाट मलाई प्रवेश गर्न हम्मेहम्मे प¥यो । संयुक्त राष्टसंघीय लोगो टाँसिएका यातायातका साधनहरुले खचाखच कार्यालय परिसर छिचोलेर बैठक कक्षतिर लागे । मलाई बोलाइएको बैठक कक्ष दुई तला माथि रहेछ । चढ्ने भ¥याङ्गको रेलिङ्ग समात्दै लतारिएर माथि पुगेँ । बैठक सकिए पछि बाहिर निस्किएर चौतर्फी हेरेँ । कहिँ कतै पनि अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी भौतिक संरचना बनाएको पाइदैँन । तर, भूईँतलामा नै ¥याम्प सहितको एउटा बैठक कक्ष बनाइएको रहेछ त्यो पनि कुनै मापदण्डहीन चढ्नै गाह्रो हुने गरी बनाइएको छ । नेपालमा काम गर्दै आइरहेका झण्डै एक सय भन्दा बढी अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको अवस्था हामीजस्तै मानिसहरुको अधिकारका लागि काम गर्न÷गराउन र सिकाउन आएको भएता पनि उनीहरुको यहि दुरावस्था छ । कहिँ पनि अपाङ्गतामैत्री भौतिक संरचना पाइँदैन । त्यसैगरी, एक साता अगाडि त्रिभुवन विश्व विद्यालय अन्तरगत सञ...

वर्तमान संविधानसभा, अपाङ्गता प्रतिनिधित्व र सडक आन्दोलन

मिति : २०७० पौष २१ वर्तमान संविधानसभा, अपाङ्गता प्रतिनिधित्व र सडक आन्दोलन विश्वको कुल जनसंख्याको झण्डै १५५ भन्दा बढी मानिसहरुमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको तथ्य विश्व स्वास्थ्य संगठनको अपाङ्गता सम्बन्धि प्रतिवेदन २०११ ले सार्वजनिक गरेको छ । नेपालको पछिल्लो राष्ट्रिय जनगणना २०११ अनुसार पनि देशको कुल जनसंख्याको झण्डै २५(१.९४%, ५१३,३२१) मानिसहरुमा अपाङ्गता रहेको तथ्य सार्वजनिकीकरण गरेको छ । यद्यपि, यो तथ्यलाई अपाङ्गताको क्षेत्रमा कार्यारत अपाङ्गता अधिकारकर्मीहरुले यही नै सही तथ्याङ्क हो भनी स्वीकार गरिरहेको अवस्था भने छैन । जेहोस्, यति ठूलो संख्यामा रहेका अधिकांश अपाङ्गता भएका व्यक्तिहरु विशेषगरी हाम्रो जस्तो विकाशोन्मुख र अतिकम विकसित देशहरुमा बसोबास गरेको आँकलन छ । करिब एघार लाखदेखि उन्नाइसलाख जति अपाङ्गता भएका व्यक्तिहरु त अत्यन्तै शारीरिक कठिनाइमा नै जीवन बाँचिरहेका छन् । यस अर्थमा पनि अपाङ्गता भएका व्यक्तिहरु गरिबहरुमा पनि अति गरिब र सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनैतिक दृष्ट्रिकोणबाट पनि अति उत्पीडित र वहिष्करणमा पारिएको वर्ग हो ।  कुनै पनि प्र...

अनिश्चितताको जिन्दगी

मिति  :  २०७० कात्र्तिक १९ आज तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन । भविष्यको सुन्दर सपना बोकेर काठमाडौँ छिरेको करिब एक दशक भैसकेको छ । काठमाडौँ धेरै मानिसहरुको सपना हो ,  भविष्य हो अनि जीवन किनकी धेरै मानिसले यहाँ आफ्नो सुन्दर भविष्यको कर्मथलो बनाएर अहोरात्र खटिरहेका छन् । प्रत्येक पल काठमाडौँमा आफूलाई टिकाउनका लागि संघर्ष गर्नेहरु धेरै छन् । यस्तै मान्छेहरुको भीडमा म पनि एक हूँ । यो दश वर्षको अन्तरालमा जीवनमा धेरै आरोह अवरोहहरु आए । प्राय :  सबैजसो दशैँ ,  तिहारमा घरमा पुगेकै थिएँ । जेनतेन दुःखसुखका साथ बुबाआमाको काखमा खुशी तथा उल्लासका साथ पर्व मनाइन्थ्यो । अफसोच :  यसपटक भने त्यस्तो रहेन । काठमाडौँमा नै बस्नुपर्ने व्यवहारिक परिबन्ध आइप ¥ यो । जीवनमा चाहेर पनि घर जानै सकिन । काठमाडौँको दशैँको प्रत्यक्ष भोगाइ यो एकदशकको इतिहासमा पहिलो पटक हो । साँच्चिकै ,  सुनसान यो दशैँको साक्षी पनि पहिलो पटक बनँे । तर ,  तिहारको रौनक भने अलिक फरक हुँदोरहेछ यो काठमाडौँमा । पूर्णरुपमा सन्नाटा छाएको काठमाडौँमा तिहारको दिपावलीले झिलिमिलि बनाएको छ । औँशीको समयम...

लेख (शीर्षक) : नेपालमा अपाङ्गमैत्री भौतिक संरचना र वर्तमान कार्यान्वयनको अवस्था

अपाङ्गताको परिभाषा तथा वर्गीकरणहरु विश्वव्यापी रुपमै एकरुपता पाइँदैन । यद्यपि ,  अपाङ्गताको परिभाषा र वर्गीकरण गर्दा अधिकांश देशहरुले विश्व स्वास्थ्य संगठनले गरेको अपाङ्गता सम्बन्धि व्याख्यालाई आधारभूत मापदण्ड मान्ने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनको अपाङ्गता सम्बन्धि यस व्याख्यालाई  International Classification of Functioning Disability and Health  भनिन्छ । यसलाई छोटकरीमा  ICF  पनि भनिन्छ । यसर्थ ,  नेपाल सरकारले पनि अपाङ्गतालाई शरीरका अङ्गहरु र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक ,  सामाजिक ,  साँस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोधसमेतले दैनिक क्रियाकलाप सामान्य रुपमा सञ्चालित गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई जनाएको छ । शारीरिक अङ्गहरु र शारीरिक प्रणालीमा भएको समस्या एवं कठिनाइको प्रकृतिअनुसार अपाङ्गतालाई शारीरिक अपाङ्गता ,  दृष्ट्रिसम्बन्धि अपाङ्गता ,  सुनाइसम्बन्धि अपाङ्गता ,  श्रवणदृष्ट्रिविहीन अपाङ्गता ,  स्वर बोलाइसम्बन्धि अपाङ्गता ,  मानसिक अपाङ्गता र...