Posts

कविताः शिर्षकः ‘बा’

  ‘बा’ आफैमा एउटा घर रहेछन् आत्माविश्वासको धरोहर रहेछन् अभिभावकत्वको सार रहेछन् अदम्य साहसका प्रतिमुर्ती रहेछन् ।   ‘बा’ बाटो देखाउने पथप्रदर्शक रहेछन् हरप्रहर काँध थाप्ने जिम्मेवारी रहेछन् दुःख सहेर लड्न सक्ने शुरवीर रहेछन् घाम सहेर लड्न सक्ने हिम्मत रहेछन् पानी सहेर रुझ्न सक्ने कोमल रहेछन् ।।   अहो! ‘बा’ नै ढले भने त ! ‘बा’ आफू एक्लै ढल्ने रहेनछन् ‘बा’ सँगै पुरै घर ढल्ने रहेछ । आत्माविश्वासको धरोहर ढल्ने रहेछ अभिभावकत्वको सार नै ढल्ने रहेछ ।।।   त्यसैले, ‘बा’ कदापि ढल्नुहुँदैन   ‘बा’कै अभिभावकत्वमा तर्नु छ त्यो सागर लडेर अन्यायका विरुद्द उघार्नु छ न्यायको त्यो जँघार ! र, बनाउनु छ ‘बा’ लाई सदैव अमर !!!        

Life at Work

Image
😉😉😉

गजल

मिति : २०७३ श्रावण ११, मंगलबार सकिनसकि जेनतेन जिन्दगानी चलाएको छु ।  आँशुका यी मझेरीमा खुशीहरु फलाएको छु ।। कति दुखे दुखे यी मनहरु तिम्रो वियोगमा झर्लान् कि आँशु भनी पीडाहरु छलाएको छु ।।  नचाहेरै हिँड्नु पर्ने तिमी हिँड्ने ती गल्लीहरु सम्झीएर त्यही कहानी आफैँलाई जलाएको छु ।।। नबनाउ अधिक कठोर तिम्रा ती मनहरु   गरेर प्रेम मैले पत्थरलाई नी गलाएको छु ।। छैन खाएको हार अझै पनि जिन्दगीदेखि संघर्षका विशाल पहाहरु पनि ढलाएको छु । 

गजल

मिति : २०७३ श्रावण २ मैले घायल मुटुमा तीर रोपेर बाँचेको छु  तिमले दिएका सबै पीर छोपेर बाँचेको छु । आलै छन् घाउहरु तिम्रो वियोगमा बनेका सँगालेर छातिभित्र झीर रोपेर बाँचेको छु ।। आउ बरु आफैँ तिमी नपठाउ तिम्रा यादहरु  आफ्नै मुटुको योे डिल खोपेर बाँचेको छु । 

गजल

मिति : २०७३ जेष्ठ १५ चलाएर आलो घाउ दुखाउने नी तिमी नै हौ चिच्याएर रुदा खेरी भुलाउने नी तिमी नै हौ सम्झेर सर्वस्व तिमीलाई गरीरहेँ चोखो प्रेम  सिलाएर मुटु फेरी रुवाउने नी तिमी नै हौ गरिरहेँ बिन्ति तिमीलाई छोडेर नजाऊ भनी  रुवाएर आँखा फेरी सुकाउने नी तिमी नै हौ सबै उस्तै हुन्न रहेछ मान्छेहरुको मन पनि  जोडाएर मुटु फेरी फुटाउने नी तिमी नै हौ

कविता शिर्षक : दुर्घटित मन

Image
कविता शिर्षक : दुर्घटित मन त्यसैगरी उभिएको छु आज पनि दोबाटोमा लिएर अञ्जुलीभरी तिम्रै प्रेमका ती फूलहरु सजाएर हृदयको बगैँचामा । तिम्रै प्रेमले चुड्यो त्यो फूल वा त्यही फूलले चुड्यो तिम्रो प्रेम ओइली झर्ने आशङ्कामा बन्दाबन्दै अधिक संयमित जिन्दगीका ती कठिन घुम्तीहरुमा ।। वषौँ पछि आज फेरी उही बगैँचामा रुमल्लिएको छु बोकेर त्यहि दुर्घटित मन र, खोजिरहेछु त्यही हृदयको फूल जसले ‘तिमी’ र ‘म’ ‘हामी’ भएका थियौँ ।

शिर्षक : वैसाखी

Image
कविता बिसाएर भारी — ‘जिन्दगीको’ एकजोर ती वैसाखीहरुमा चालेकी छिन् “उनी”ले  संघर्षशील जिन्दगीको एक महान् यात्रा ।  झरिन् होला कयौँ ओरालीहरु “निराशाका” चढिन् होला कयौँ उकालीहरु “अदम्य सहासका” लिएर भरोषा केवल तिनै एकजोर वैसाखीको ।। भाँचिए होलान्  जीवनयात्रामा “उनी”का सपनाहरु बोक्ने  कयौँजोर तीे वैसाखीहरु तर अँहँ  टुटेका छैनन् “उनी”का समाज बदल्ने ती अदम्य सहासहरु । पोखिदा सपनाहरु छताछुल्ल  मान्छेहरुको भीडमा हाँस्दा हुन् कति अ—मान्छे भएर  तर पनि “उनी” लरबराएका ती पाउहरुले टेकेर धर्तीमा सहासले  बटुलेर ठड्याएकी छिन्  सपनाहरुको एउटा महल ।।। रोइन् होला धेरै पटक जिन्दगीमा राखेर साक्षी तीनै एकजोर वैसाखीहरुलाई,   छोइन् होला पटकपटक  मागेर साथ तीनै महत्वाकांक्षी सपनाहरुलाई् हेर्दो हो यो समाज “उनी”लाई आफ्नै एक दृष्ट्रिकोणले  देख्दो हो पहिले “उनी”लाई तीनै एकजोर वैसाखीहरुमा  र, भन्दो हो एक “असबल” नारी भनेर !! त्यसैले भन्छिन् — “उनी” बनाउनु छ एउटा आफू जस्तै भइ बाँच्ने संसार  जहाँ मान्छे — मान्छे भएर बाँच्न पाओस्  आत्मासम्मान र स्वाभीमानमा रम्न पाओस् !