Posts

Showing posts from November, 2013

अनिश्चितताको जिन्दगी

मिति  :  २०७० कात्र्तिक १९ आज तिहार अर्थात् यमपञ्चकको अन्तिम दिन । भविष्यको सुन्दर सपना बोकेर काठमाडौँ छिरेको करिब एक दशक भैसकेको छ । काठमाडौँ धेरै मानिसहरुको सपना हो ,  भविष्य हो अनि जीवन किनकी धेरै मानिसले यहाँ आफ्नो सुन्दर भविष्यको कर्मथलो बनाएर अहोरात्र खटिरहेका छन् । प्रत्येक पल काठमाडौँमा आफूलाई टिकाउनका लागि संघर्ष गर्नेहरु धेरै छन् । यस्तै मान्छेहरुको भीडमा म पनि एक हूँ । यो दश वर्षको अन्तरालमा जीवनमा धेरै आरोह अवरोहहरु आए । प्राय :  सबैजसो दशैँ ,  तिहारमा घरमा पुगेकै थिएँ । जेनतेन दुःखसुखका साथ बुबाआमाको काखमा खुशी तथा उल्लासका साथ पर्व मनाइन्थ्यो । अफसोच :  यसपटक भने त्यस्तो रहेन । काठमाडौँमा नै बस्नुपर्ने व्यवहारिक परिबन्ध आइप ¥ यो । जीवनमा चाहेर पनि घर जानै सकिन । काठमाडौँको दशैँको प्रत्यक्ष भोगाइ यो एकदशकको इतिहासमा पहिलो पटक हो । साँच्चिकै ,  सुनसान यो दशैँको साक्षी पनि पहिलो पटक बनँे । तर ,  तिहारको रौनक भने अलिक फरक हुँदोरहेछ यो काठमाडौँमा । पूर्णरुपमा सन्नाटा छाएको काठमाडौँमा तिहारको दिपावलीले झिलिमिलि बनाएको छ । औँशीको समयमा पर्ने तिहार भएता पनि दशैँको पूर्णीमाम