Posts

Showing posts from November, 2014

गजल : अति भो तिम्रो लिला

Image
                              मिति : २०७१ कात्र्तिक १८ भै गो अब तिमीसँग भेट्नु छैन मैले । रेटिएको मुटु अझै रेट्नु छैन मैले ।। बाचाहरु धेरै गर्याै   सगरमाथा चुली बन्ने ।  पीडाको त्यो गन्तव्य छेड्नु छैन मैले ।। धेरै कोशिष गरेँ मैले तिमीलाई भुल्न भनी ।  हृदयमा बसेकी छ्यौ मुटु सेक्नु छैन मैले ।। भूल भयो तिमीसँग फगत् सपनाहरु देख्न ।  गन्तव्यहीन यात्रा अब बाँच्नु छैन मैले ।। हाँसोसँग खुशी जीवन बाँच तिमी सधैँभरी ।  हेर्ने इच्छा यही छ फूलले सजिनु छैन मैले ।।

गजल : तिम्रो प्रेम लिला

              मिति : २०७१ कात्र्तिक २०         हिँडेकै थिएँ आफ्नो बाटो पटक पटक तान्छौ किन ? दुखेको यो आलो घाउमा फेरी छुरा हान्छौ किन ? घाइते बनाइ छाड्यौ तिम्ले चलमलाउनै नसक्ने गरी अविश्वासका भाका राखी भेट्ने कसम खान्छौ किन ? अति भयो तिम्ले गर्ने मसँगको अविश्वासी प्रेम लिला  खोलीका दुई किनारालाई जोड्न व्यर्थै तान्छौ किन ? चिरीदिन्छु छाती मेरो अब अविश्वासी नै ठान्छौ भने आफैलाई छल्ने मनलाई फेरी सारादेव मान्छौ किन ? सबैलाई जित्ने म आज आफ्नै मनसँग हारेको छु फेरी त्याग नै गर्न सक्दिनौ भने झुठो माया गर्छु भन्छौ किन ?