Posts

Showing posts from December, 2015

कविता : अनुरोध

२०७२ कात्र्तिक १९ ‘तिमी’ सधैँ ‘तिमी’ नै रह्यौ ‘म’ सधैँ ‘म’ नै रहेँ त्यसैले ‘तिमी’ र ‘म’ कहिल्यै ‘हामी’ भएनौँ ।। ‘तिमी’ कहिल्यै ‘म’ भइदिए ‘म’ कहिल्यै ‘तिमी’ भइदिए सायद ‘हामी’ बिचको दुरी मेटिन्थ्यो यात्राको गन्तव्य भेटिन्थ्यो ।। ‘तिमी’मा ‘म’ भ्रम हुँला । ‘म’ मा पनि ‘तिमी’ भ्रम होउली ।। त्यसैले अब ‘हामी’ बिचको भ्रम चिर्नुपर्छ पवित्र प्रेमको यात्रा रच्नुपर्छ ।। यदि, ‘तिमी’ जस्तै ‘म’ भए ‘म’ जस्तै ‘तिमी’ भए ‘हामी’ मिलेर सपना देखौँ संसारकै पवित्र प्रेम रचौँ ।।

एक अनौँठो साँचो प्रेम

२०७२ मंसिर ५ केवल तिमिप्रति समर्पित ...मात्र तिम्रा लागि अँ ह..उसले पूर्णविश्वास नै गर्न सकेको छैन । उसले गरेको चोखो प्रेम आज ठीक आठ वर्षपछि व्यूँतिएर आएको छ भनेर । मदिराको मन्द नसामा छ ऊ । अचानक उसको मोबाइलनमा घण्टी बज्छ । मोबाइल झिक्छ र हेर्छ । नयाँ नम्बर बेनामी भएर बोलाइरहन्छ उसलाई । हिम्मत गरेर हेलो भन्छ । एक अपरिचित महिलाको आवाज सुन्छ । महिला सिधै बेनामी भएर कुरैकुराका प्रसंगहरु अगाडि बढाउने प्रयत्न गर्छे ऊसँग । उसलाई यो पटक्कै मन पर्दैन र फोन राख्ने प्रयास गर्छ । बेनामी महिला आफ्नो परिचय दिन विवस ठान्छे र भन्छे — म तिम्रो उही के .......। ऊ अवाक् हुन्छ । मदिराको नसाले क्षणभरमै छोड्छ उसलाई । विश्वासै गर्न सक्दैन । र, भन्छ — आर यू ..... । रियल्ली ? रियल्ली ?? रियल्ली ??? जवाफमा उसले भन्छे — एस् म .....। उसले पुनः प्रश्न गर्छ — हाउ डेयर यू कल मी ? जवाफ दिन्छे — किन ? फोन गर्न नहुने थियो ? उसले परिस्थितिलाई सामान्यीकरण पार्दै भन्छ — होइन, मैले तिमिलाई कहिल्यै त्यसो भनेको छु र ? प्रतिप्रश्न गर्दै सोध्छ उसले — यत्तिका वर्ष पछि बरु अचानक, अकस्मात कसरी भनेर नी ।  सामान्य