Posts

Showing posts from May, 2014

खोइ त अपाङ्गतामैत्री भौतिक संरचना ? [Published on Rajdhani Daily Newspaper dated April 27, 2014]

केहि समय अगाडि म नेपाल अवस्थित संयुक्त राष्ट्र संघको केन्द्रिय कार्यालय पुल्चोकमा संस्थागत उद्देश्यले पुगेको थिएँ । म एक शारीरिक अपाङ्गता भएको व्यक्ति भएकाले यस कार्यालयको सुरक्षा जाँचबुझ सहित प्रवेश गर्ने प्रवेशद्धाराबाट मलाई प्रवेश गर्न हम्मेहम्मे प¥यो । संयुक्त राष्टसंघीय लोगो टाँसिएका यातायातका साधनहरुले खचाखच कार्यालय परिसर छिचोलेर बैठक कक्षतिर लागे । मलाई बोलाइएको बैठक कक्ष दुई तला माथि रहेछ । चढ्ने भ¥याङ्गको रेलिङ्ग समात्दै लतारिएर माथि पुगेँ । बैठक सकिए पछि बाहिर निस्किएर चौतर्फी हेरेँ । कहिँ कतै पनि अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी भौतिक संरचना बनाएको पाइदैँन । तर, भूईँतलामा नै ¥याम्प सहितको एउटा बैठक कक्ष बनाइएको रहेछ त्यो पनि कुनै मापदण्डहीन चढ्नै गाह्रो हुने गरी बनाइएको छ । नेपालमा काम गर्दै आइरहेका झण्डै एक सय भन्दा बढी अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको अवस्था हामीजस्तै मानिसहरुको अधिकारका लागि काम गर्न÷गराउन र सिकाउन आएको भएता पनि उनीहरुको यहि दुरावस्था छ । कहिँ पनि अपाङ्गतामैत्री भौतिक संरचना पाइँदैन । त्यसैगरी, एक साता अगाडि त्रिभुवन विश्व विद्यालय अन्तरगत सञ