Posts

Showing posts from January, 2014

वर्तमान संविधानसभा, अपाङ्गता प्रतिनिधित्व र सडक आन्दोलन

मिति : २०७० पौष २१ वर्तमान संविधानसभा, अपाङ्गता प्रतिनिधित्व र सडक आन्दोलन विश्वको कुल जनसंख्याको झण्डै १५५ भन्दा बढी मानिसहरुमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको तथ्य विश्व स्वास्थ्य संगठनको अपाङ्गता सम्बन्धि प्रतिवेदन २०११ ले सार्वजनिक गरेको छ । नेपालको पछिल्लो राष्ट्रिय जनगणना २०११ अनुसार पनि देशको कुल जनसंख्याको झण्डै २५(१.९४%, ५१३,३२१) मानिसहरुमा अपाङ्गता रहेको तथ्य सार्वजनिकीकरण गरेको छ । यद्यपि, यो तथ्यलाई अपाङ्गताको क्षेत्रमा कार्यारत अपाङ्गता अधिकारकर्मीहरुले यही नै सही तथ्याङ्क हो भनी स्वीकार गरिरहेको अवस्था भने छैन । जेहोस्, यति ठूलो संख्यामा रहेका अधिकांश अपाङ्गता भएका व्यक्तिहरु विशेषगरी हाम्रो जस्तो विकाशोन्मुख र अतिकम विकसित देशहरुमा बसोबास गरेको आँकलन छ । करिब एघार लाखदेखि उन्नाइसलाख जति अपाङ्गता भएका व्यक्तिहरु त अत्यन्तै शारीरिक कठिनाइमा नै जीवन बाँचिरहेका छन् । यस अर्थमा पनि अपाङ्गता भएका व्यक्तिहरु गरिबहरुमा पनि अति गरिब र सामाजिक, आर्थिक, सांस्कृतिक, भौगोलिक तथा राजनैतिक दृष्ट्रिकोणबाट पनि अति उत्पीडित र वहिष्करणमा पारिएको वर्ग हो ।  कुनै पनि प्रकारक