Posts

Showing posts from February, 2016

शिर्षक : वैसाखी

Image
कविता बिसाएर भारी — ‘जिन्दगीको’ एकजोर ती वैसाखीहरुमा चालेकी छिन् “उनी”ले  संघर्षशील जिन्दगीको एक महान् यात्रा ।  झरिन् होला कयौँ ओरालीहरु “निराशाका” चढिन् होला कयौँ उकालीहरु “अदम्य सहासका” लिएर भरोषा केवल तिनै एकजोर वैसाखीको ।। भाँचिए होलान्  जीवनयात्रामा “उनी”का सपनाहरु बोक्ने  कयौँजोर तीे वैसाखीहरु तर अँहँ  टुटेका छैनन् “उनी”का समाज बदल्ने ती अदम्य सहासहरु । पोखिदा सपनाहरु छताछुल्ल  मान्छेहरुको भीडमा हाँस्दा हुन् कति अ—मान्छे भएर  तर पनि “उनी” लरबराएका ती पाउहरुले टेकेर धर्तीमा सहासले  बटुलेर ठड्याएकी छिन्  सपनाहरुको एउटा महल ।।। रोइन् होला धेरै पटक जिन्दगीमा राखेर साक्षी तीनै एकजोर वैसाखीहरुलाई,   छोइन् होला पटकपटक  मागेर साथ तीनै महत्वाकांक्षी सपनाहरुलाई् हेर्दो हो यो समाज “उनी”लाई आफ्नै एक दृष्ट्रिकोणले  देख्दो हो पहिले “उनी”लाई तीनै एकजोर वैसाखीहरुमा  र, भन्दो हो एक “असबल” नारी भनेर !! त्यसैले भन्छिन् — “उनी” बनाउनु छ एउटा आफू जस्तै भइ बाँच्ने संसार  जहाँ मान्छे — मान्छे भएर बाँच्न पाओस्  आत्मासम्मान र स्वाभीमानमा रम्न पाओस् !

शिर्षक : अभिलाषा

कविताः २०७२ माघ २४ देखेर मेरा यी नयनहरुले तिम्रा ती सपनाहरु  वर्तमान बाँचीरहेछु । भुलेर सारा दुःखहरु जीवनका तिमीसँगै बाँच्ने चाहले बचेका केहि खुशीहरु सँगाली भविष्य साँचिरहेछु ।। छोडिदेऊ तिमी सोँच्न अरु केहि दुनियाँ हामीलाई के भन्ला भनेर । बाँच्नुपर्छ सँगै हामी अब जीवनका सबै ती अप्ठ्यारा चट्टानहरु फोरेर ।। थाहै छ तिमीलाई बाँच्छन् ती ‘क्याक्टसहरु’ पनि उजाड त्यो मरुभूमिमा भोलिलाई फुल्नु छ भनेर । गरौँ संघर्ष जिन्दगीका भइ दुई हामी एक अतीतलाइ भुल्नु छ भनेर ।।