लेख (शीर्षक) : नेपालमा अपाङ्गमैत्री भौतिक संरचना र वर्तमान कार्यान्वयनको अवस्था
अपाङ्गताको परिभाषा तथा वर्गीकरणहरु विश्वव्यापी रुपमै एकरुपता पाइँदैन । यद्यपि , अपाङ्गताको परिभाषा र वर्गीकरण गर्दा अधिकांश देशहरुले विश्व स्वास्थ्य संगठनले गरेको अपाङ्गता सम्बन्धि व्याख्यालाई आधारभूत मापदण्ड मान्ने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनको अपाङ्गता सम्बन्धि यस व्याख्यालाई International Classification of Functioning Disability and Health भनिन्छ । यसलाई छोटकरीमा ICF पनि भनिन्छ । यसर्थ , नेपाल सरकारले पनि अपाङ्गतालाई शरीरका अङ्गहरु र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिक , सामाजिक , साँस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोधसमेतले दैनिक क्रियाकलाप सामान्य रुपमा सञ्चालित गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई जनाएको छ । शारीरिक अङ्गहरु र शारीरिक प्रणालीमा भएको समस्या एवं कठिनाइको प्रकृतिअनुसार अपाङ्गतालाई शारीरिक अपाङ्गता , दृष्ट्रिसम्बन्धि अपाङ्गता , सुनाइसम्बन्धि अपाङ्गता , श्रवणदृष्ट्रिविहीन अपाङ्गता , स्वर बोलाइसम्बन्धि अपाङ्गता , मानसिक अपाङ्गता र बहु – अपाङ्गता गरी सात प्रकारमा वर्गीकरण गरेको छ । यसलाई अझ अशक