लेख (शीर्षक) : नेपालमा अपाङ्गमैत्री भौतिक संरचना र वर्तमान कार्यान्वयनको अवस्था

अपाङ्गताको परिभाषा तथा वर्गीकरणहरु विश्वव्यापी रुपमै एकरुपता पाइँदैन । यद्यपिअपाङ्गताको परिभाषा र वर्गीकरण गर्दा अधिकांश देशहरुले विश्व स्वास्थ्य संगठनले गरेको अपाङ्गता सम्बन्धि व्याख्यालाई आधारभूत मापदण्ड मान्ने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनको अपाङ्गता सम्बन्धि यस व्याख्यालाई International Classification of Functioning Disability and Health भनिन्छ । यसलाई छोटकरीमा ICF पनि भनिन्छ । यसर्थनेपाल सरकारले पनि अपाङ्गतालाई शरीरका अङ्गहरु र शारीरिक प्रणालीमा भएको समस्याका कारण भौतिकसामाजिकसाँस्कृतिक वातावरणका साथै सञ्चार समेतबाट सिर्जना भएको अवरोधसमेतले दैनिक क्रियाकलाप सामान्य रुपमा सञ्चालित गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाई जनाएको छ । शारीरिक अङ्गहरु र शारीरिक प्रणालीमा भएको समस्या एवं कठिनाइको प्रकृतिअनुसार अपाङ्गतालाई शारीरिक अपाङ्गतादृष्ट्रिसम्बन्धि अपाङ्गतासुनाइसम्बन्धि अपाङ्गताश्रवणदृष्ट्रिविहीन अपाङ्गतास्वर बोलाइसम्बन्धि अपाङ्गतामानसिक अपाङ्गता र बहुअपाङ्गता गरी सात प्रकारमा वर्गीकरण गरेको छ । यसलाई अझ अशक्तताको गम्भीरताको आधारमा पूर्ण अशक्तअति अशक्तमध्यम र सामान्य गरी चार समूहमा वर्गीकरण गरी क्रमशः रातोनिलोपहेँलो र सेतो रङ्गको अपाङ्गता परिचयपत्र समेत वितरण गर्दै आइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले अपाङ्गता सम्बन्धि विश्व प्रतिवेदन २०११ मा प्रकाशित गरेको आँकडाअनुसार विश्वभरीको कूल जनसंख्याको १५ प्रतिशत मानिसहरुसँग कुनै न कुनै प्रकारको अपाङ्गता रहेको सार्वजनिक गरको छ । अर्थात्विश्वको कुलजनसंख्याको झण्डै एकअरबभन्दा बढी मानिसहरुमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको सार्वजनिक गरेको छ । यति ठूलो संख्यामा रहेका अधिकांश अपाङ्गता भएका व्यक्तिहरु विशेषगरी हाम्रो जस्तो विकाशोन्मुख र अतिकम विकसित देशहरुमा बसोबास गरेको आँकलन छ । यति ठूलो संख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरु स्वास्थ्यशिक्षारोजगारसामाजिकआर्थिकराजनीतिकसाँस्कृतिक जस्ता अधिकारहरुबाट  विभिन्न तवरबाट वञ्चितिकरणमा पारिएका छन् । करिब एघार लाखदेखि उन्नाइसलाख जति अपाङ्गता भएका व्यक्तिहरु त अत्यन्तै शारीरिक कठिनाइमा नै जीवन बाँचिरहेका छन् । विश्वमा अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या बुढ्यौँलीप्राणघातकजन्य विभिन्न प्रकारका स्वास्थ्य समस्याहरुपर्यावरणका कारण स्वास्थ्यमा परेको नकरात्मक प्रभावसडक दुर्घटनाभौतिक तथा हतियारसहितको द्धन्द्ध र अस्वस्थकर जीवलपद्धतिका कारण प्रतिदिन बढोत्तरीमा छ ।

नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या कुल जनसंख्याको झण्डै २ प्रतिशत (१.९४%५१३,३२१) रहेको आँकडा निकालिएको छ जसअन्तरगत शारीरिक अपाङ्गता भएका व्यक्तिहरु ३६.६%दृष्ट्रिसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरु १८.५%सुनाइसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरु १५.४%स्वर बोलाइसम्बन्धि अपाङ्गता भएका व्यक्तिहरु ११.५%श्रवणदृष्ट्रिविहीन अपाङ्गता भएका व्यक्तिहरु १.८%मानसिक अपाङ्गता भएका व्यक्तिहरु ६%बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु २.९% र बहुअपाङ्गता भएका व्यक्तिहरु ७.५% रहेको आँकडा छ । यद्यपियही नै वास्तविक र पूर्णरुपमा तथ्यपरक तथ्याङ्क हो भनी नेपालमा अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न नागरिक समाजका अपाङ्गता अधिकारकर्मीहरु मान्ने पक्षमा भने छैनन् । जेहोस्नेपालको सन्दर्भमा अधिकांश मानिसहरु ग्रामीण क्षेत्रमा बसोबास गर्ने भएकोले अपाङ्गता भएका व्यक्तिहरु (ग्रामीण क्षेत्रको कुल जनसंख्याको झण्डै २% अर्थात २१,९७०,६८४ मध्ये ४५८,५१७) पनि ग्रामीण भेगमा नै रहेको पाइन्छ । यसबाट पनि हामीले अपाङ्गता भएका व्यक्तिहरुको ग्रामीण जीवन कति पीडादयीअसहज र कष्टकर छ भनेर सजिलै अड्कलबाजी लगाउन सक्छौँ । अर्थात्शहरी क्षेत्रमा बसोबास गर्र्दै आइरहेका अपाङ्गता भएका व्यक्तिहरुको जीवन नै अत्यन्तै संघर्षपूर्णचुनौतिपूर्ण र असहज रहेको कटुयथार्थ हाम्रा अगाडि छर्लङ्ग छ ।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण र प्रवद्र्धनको प्रारम्भ भएको झण्डै पाँच दशक भइसकेको भएता पनि कानुनी रुपले औपचारीक रुपमा अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई सम्बोधन भने अपाङ्ग संरक्षण तथा कल्याण ऐन२०३९ को निर्माण पश्चात् भएको पाइन्छ । यद्यपियो अधिकारमुखी अवधारणा नभई पूर्णरुपमा कल्याणकारी तथा दयामुखी अवधारणाबाट निर्देशित थियो । तरवि.सं. २०४६ सालको प्रजातन्त्रको पुनःस्थापना पश्चात् आएको राजनीतिक परिवर्तनसँगै अपाङ्गता भएका व्यक्तिहरुमा आएको जनजागरणले उनीहरु संगठीत भइ अधिकारमुखी अवधारणाबाट आफ्ना सवालहरुको वकालत गर्न थाले । यसको परिणामस्वरुपअपाङ्गता भएका व्यक्तिहरुको अधिकारको क्षेत्रमा आज देखिने परिवर्तन झण्डै एक दशकको मात्र उपज हो । यस अर्थमा पनि वर्तमान समयमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको क्षेत्रमा देखिएको परिवर्तनको अधिकांश योगदान अपाङ्गताको क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाहरुलाई नै जान्छ । नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षण र प्रवद्र्धनका क्रममा हालसम्म अपाङ्ग संरक्षण तथा कल्याण ऐनका अलावा अन्य करिब २६ वटा विभिन्न प्रकारका ऐननीतिनियम र नियमावलीहरुमा अपाङ्गता भएका व्यक्तिहरुको शिक्षास्वास्थ्यरोजगारीपुर्नस्थापना र सामाजिक सुरक्षा लगायतका अधिकारहरुलाई कानुनीरुपमा व्यवस्था गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि अन्तराष्ट्रिय रुपमै डिसेम्बर १३२००६ मा संयुक्त राष्ट्रसंघको ६१ औँ महासभाबाट अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि २००६ को पारित गरियो र नेपाल पनि डिसेम्बर २७२००९ देखि नै यस महासन्धिमा हस्ताक्षर गरी पक्ष राष्ट्र भइसकेको छ । तत्पश्चातनेपालको अपाङ्ग आन्दोलन झन् अर्कै उचाइमा पुगेको अनुभूत गरिएको छ । यद्यपियसको कार्यान्वयनको पक्ष भने अत्यन्तै फितलो र निराशाजनक छ । यसै महासन्धिलाई आधार मानेर अपाङ्गता भएका व्यक्तिहरुको समग्र विकासका लागि राज्यको तर्फबाट विभिन्न प्रकारका नीतिनियमावलीहरुनिर्देशिकाहरु तथा कार्यक्रमहरुको तय गरी लागु गर्ने गरेको पाइन्छ । नेपालमा विशेषत ः अपाङ्गता भएका व्यक्तिहरुको मुद्दाहरुलाई हेर्न तथा उनीहरुको समग्र विकासका लागि सरकारी निकायको रुपमा महिलाबालबालिका तथा समाज कल्याण मन्त्रालयलाई निर्दिष्ट गरिएको छ । सोहि जिम्मेवारी स्वरुप यस मन्त्रालयद्धारा विभिन्न अपाङ्गताको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहकार्यमा मिति २०६९÷११÷६ गते नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकबाट अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका२०६९ पारित गरी कार्यान्वयनमा ल्याइएको छ । यस निर्देशिकाको प्रस्तावनामा सरकारी भवनविद्यालयविश्वविद्यालयअस्पतालस्वास्थ्य संस्थाधार्मिक स्थलकार्यस्थलसार्वजनिक सडकसडक पेटीयात्रु प्रतिक्षालयपार्किङ्ग स्थलमनोरञ्जन स्थलखेल मैदानसम्मेलन केन्द्रसिनेमा हल जस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खुला गरिएका व्यावसायिक भवनआवासिय भवनहोटल तथा रेष्टुरेण्टएटिएम बैङ्किङ सेवा जस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त ¥याम्पढोकाझ्यालगाइडिङ्ग व्लक र ब्रेल समेतको व्यवस्था गरी अपाङ्गता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहँुच योग्य बनाउनटेलिभिजनरेडियो जस्ता सार्वजनिक सञ्चार तथा सूचना सेवामा समेत अपाङ्गता भएका व्यक्तिको पहँुच अभिवृद्धि गर्न अपाङ्गता भएका व्यक्तिलाई हुने अवरोध हटाई पहुँच वृद्धि गर्न निर्माण गरिने सेवा र सुविधामा एकरुपता कायम गर्न आवश्यक मापदण्ड तोकी अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि२००६नेपालको अन्तरिम संविधान२०६३अपाङ्गता सम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना२०६३ को दफा ६.४.१६.४.२ र अन्य प्रचलित कानूनद्वारा प्रदत्त नागरिकराजनैतिकआर्थिकसामाजिकसांस्कृतिक अधिकार र सुविधा उपयोग गर्न सक्षम बनाइ निजहरुलाई विकास प्रक्रियामा पूर्ण र प्रभावकारी रुपमा सहभागी बनाउन वाञ्छनीय भएकोले नेपाल सरकारले देहायको अपाङ्गता भएका व्यक्तिको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका२०६९ बनाएको छ भनी प्रस्तावनामा उल्लेख गरिएको छ । तरयसको प्रभावकारी कार्यान्वयनका लागि त्यस्तो कुनै पनि प्रकारको संयन्त्र निर्माण गरिएको पाइँदैन जसले गर्दा यसको कार्यान्वयन भए नभएको जाँच गर्ने कहिँ कतैबाट पनि भएको छैन ।

वर्तमान समयमा बडो उद्देक लाग्दो विषय त के छ भने सरकारले विगत केहि वर्षअघिदेखि काठमाडौँ उपत्यकामा व्यापक सडक विस्तारको कार्य द्रुत गतिमा गरिरहेको छ । तरयो सडकविस्तार अपाङ्गता भएका व्यक्तिहरुको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात् भने जस्तै भएको छ । अझ सुविधाको सट्टा थप सास्ती भएको छ । वास्तवमा राजधानीमा हाल भइरेको सरकारको यस सडक विस्तार कार्यबाट यदि कोहि नकरात्मक रुपमा नराम्रोसँग बढी प्रभावित भएको छ भने त्यो अपाङ्गता भएका व्यक्तिहरु नै हुन् । वर्षातको समयमा सडकभरी थुप्रिएको फोहोर र हिलोको थुप्रोहरुअनि ठाउँठाउँमा थिग्रिएको पानीको तालहिलाम्मे सकडमुटु नै काँप्ने गरी अशोभनीयअशिष्टता र मानविय संवेदनाहिन तबरले चलाइने सवारीसाधनहरुको अवरोधका कारण एउटा ह्विलचियरमा आफ्नो जीवनयापन गरेको अपाङ्गता भएको व्यक्ति र सेतो छडिको भरमा संसार बदल्न हिँड्ने दृष्ट्रिविहिन व्यक्तिले कसरी यी सामाजिक रुपमा सृजना गरिएका अवरोधहरुको सामना गरी जीवन बाँचेका छन् भन्ने कुरा त जोकोहिले पनि सजिलै अड्कलबाजी लगाउन सक्छ । अझ पानी पर्दा हिलाम्मे हुने राजधानीको सडक र घामलाग्दा धुलोसँगै हराइनुपर्ने यहाँका मानिसहरुको नियतिनै भइसकेको छ । यति हुँदा पनि अपाङ्गता भएका व्यक्तिहरुले उनीहरुका लागि मैत्रीपूर्ण सडक बन्छ र जीवन केहि मात्रामा भएपनि सहज रुपमा चल्छ भन्ने दिवासपनामा यी सबै अवरोधहरुलाई जबरजस्ती पचाइरहेका छन् । तरसरकार भने उनीहरुको सहजरुपमा बाँच्न पाउने अधिकारलाई सिधै आँफैले बनाएको कानूनको उल्लंघन गर्दै बेवास्ता गरी सडक निर्माण गरिरहेको छ । राजधानीमा हाल बनिसकेका र बन्दै गरेका कुनै पनि सडकपेटीमा ह्विलचियर प्रयोगकर्ता र दृष्ट्रिविहिन व्यक्तिहरु कसैको सहयोगबिना नै सहजरुपमा हिँड्नै सक्दैनन् । उसो त ती सडकपेटीहरुमा सबलाङ्गहरु नै सहजरुपमा हिँड्न सक्ने अवस्था छैन । सार्वजनिक सडक निर्माण गर्ने दायित्व पूर्णरुपमा सरकारको नै हो । रयसरी निर्माण गरिएको सार्वजनिक सडकमा अपाङ्गता भएका व्यक्तिहरुलाई कुनै पनि प्रकारको भौतिक अवरोधबिना नै सहजरुपमा हिँड्न पाउने अधिकार छ । तरयस अधिकारको उपभोग गर्नबाट पूर्णरुपमा निषेध गरिएको छ । राजधानीको अवस्था त अपाङ्गता भएका व्यक्तिहरुका लागि यतिधेरै कष्टकर छ भने राजधानीभन्दा बाहिरको अवस्था त परिकल्पनासमेत गर्न गाह्रो छ ।

राजधानीको त्रिभुवन विश्वविद्यालय लगायत यसका कुनै पनि आङ्गिक क्याम्पसहरु अपाङ्गमैत्री छैनन् जसका कारण ती क्याम्पसहरुमा अध्ययन गर्न चाहाने अपाङ्गता भएका व्यक्तिहरुले वैकल्पिक समाधानका उपायहरुको खोजि गर्नुपर्ने विडम्बना छ । त्यस्तै ठूला र सम्पन्नशाली भनौदा विद्यालय तथा कलेज र क्याम्पसहरुमा पनि भौतिक रुपमा सहज पहूँचयुक्त भौतिकसंरचनाहरुको निर्माण गरिएको छैन । यसका कारण पनि अपाङ्गता भएका व्यक्तिहरुले उनीहरुको लागि शिक्षा निःशूल्क भएता पनि वञ्चित हुनुपर्ने बाध्यतामा छन् । त्यसैगरीराजधानीमा मनोरञ्जनका लागि निर्माण गरिएका पार्कहरुको अवस्था पनि त्यस्तै दुर्गती छ । अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो जीवनमा अरुसरह घुमफिर गर्ने र मनोरञ्जन लिने इच्छा हुँदाहुदै पनि घरमै निस्सासिएर बाँच्न बाध्य छन् । राजधानीका ठूला होटलहरुमा अपाङ्गता भएका व्यक्तिहरु लगायतका शारीरिक रुपमा अशक्तवृद्धवृद्धा र गर्भवती महिलाहरुको सहजतालाई मध्यनजर गरी लिफ्टको व्यवस्था गरिएता पनि त्यहाँको सम्पूर्ण होटल परिसर पूर्णरुपमा अपाङ्गमैत्री पाइँदैन । अपाङ्गता भएका व्यक्तिहरु घरबाट बाहिर निस्किएपछि उनीहरुको अपाङ्गताको प्रकृतिअनुसार प्रयोग गर्नुपर्ने उपयुक्त अनुकूलता भएको सार्वजनिक शौचालयहरुको समेत निर्माण गरिएको छैन । यी यावत् कारणहरुले गर्दा अपाङ्गता भएका व्यक्तिहरुको जीवन अत्यन्तै असहज छ ।


मानव जीवनको सबैभन्दा पहिलो आधारभूत अधिकार भनेको उसले स्वतन्त्रपूर्वक कुनै अवरोधबिना नै हिँडडुल गर्न पाउनु हो । तरअपाङ्गता भएका व्यक्तिहरुका लागि यो अधिकारको उपभोगको वातावरण अहिलेसम्म पनि बन्नै सकेको छैन । जब गमलशिलता बढ्छ तब मानिसले नयाँ अवसरहरुको पहिचान र सृजना गर्दछ । सृजित नयाँ अवसरले नै मानिसको जीवनमा क्रमिक रुपमा सकरात्मक परिवर्तन ल्याउँछ । तरकार्यान्वयन गर्न नसकिने अर्थात् कार्यान्वयन नगरिने ऐनकानुन तथा नीतिनियमको कुनै औचित्य छैन । यसर्थउल्लेखित हरेक क्षेत्रमा भौतिक रुपमा पहूँचयुक्त वातावरण निर्माण गरिनु अपाङ्गता भएका व्यक्तिहरुको समग्र विकासका लागि पहिलो सर्त हो । त्यसैलेसरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि सर्बप्रथम पहूँचयुक्त वातावरणको निर्माणका लागि कटिबद्ध भइ काम गर्नु वाञ्छनिय छ ।

Comments

Popular posts from this blog

कविता : अनुरोध