गजल ‍- शीर्षक : सत्यको विजय

झुटको खेती बाँजो खेतमा कहिल्यै सप्रिएको छ र सानु ?
बगरमा बालुवाको महल कहिल्यै बनिएको छ र सानु ??

तिमले जति प्रपञ्च रचे पनि अन्तत: सत्यको नै जीत हुन्छ ।
असत्यको जीत यहाँ कहिल्यै इतिहासमा भएको छ र सानु ??

हिजो मैले तिम्रा खातिर ज्यानै फाली लडेकै थिएँ आखिर ।
आखिर नलड्नेले युद्ध कहिल्यै जीतेको देखिएको छ र सानु ??

काम गर्दा सबै सम्झौता लिखापढिमा मात्र हुने गर्दैनन् ।
अविश्वासका सामु विश्वास कहिल्यै हारेको छ र सानु ??

हामी बिचको सम्झौतालाई तोड्न तिमी सबैलाई गुहारिछौ ।
सत्यता र विश्वासलाई बुझ्नेहरुबाट साथ तिमिले पायौ र सानु ??

सत्यता र विश्वासका सामु तिमले अन्तत: नीरिह भै झुक्नैपर्यो ।

नैतिकता र विश्वास गुमाउन के तिमी निर्वश्त्र हुनैपर्छ र सानु ??

Comments

Popular posts from this blog

लेख (शीर्षक) : नेपालमा अपाङ्गमैत्री भौतिक संरचना र वर्तमान कार्यान्वयनको अवस्था

कविता : अनुरोध