कविता : भ्रमको खेती

हिजो सँगै काम गर्दा चिनेको छु तिमिलाई ।
खोक्रो आडम्बरमा क्रान्तिको कुरा गर्ने तिमिलाई ॥
त्यसैले डलरको भरमा विदेशीको डरमा
तिमिले डकारेको सुहायन ।
क्रान्तिकारी कुरा गरी चोरमाथिको साधुझैँ
तिमिले परिवर्तनकामी बनेको सुहायन ॥

मलाई पनि पहिले पहिले लाग्थ्यो
तिमि परिवर्तनकामी नै होऊ ।
समता सहितको समानता र समावेशी
गणतान्त्रिक लोकतन्त्रको भियन्ता नै होऊ ॥

तर, तर...........
तिम्रो कर्तुतको पराकाष्ट पनि भोगेकै छु ।
समता सहितको समानता र समावेशीको
तिम्रो खोक्रो नाराको पूर्ण सिकार पनि बनेकै छु ॥

आजभोलि देख्छु तिमिले क्रान्तिको चर्को कुरा गरेको ।
लोकतन्त्रको खोल ओढी परिवर्तनको नारा लाएको ॥                  
के ऐनामा तिमिले कहिल्यै आफ्नो अनुहार हेरेका छौ ?
मै हूँ भन्ने तानाशाहीको अहंकार पनि तोडिएको पढेको छौ ?

त्यसैले, त्यसैले.................
होशियार होउ अब छलकपटमा फसाउन सक्ने छैनौ तिमि ।
क्रान्तिको नाममा अब भ्रान्तिमा छकाउन सक्ने छैनौ तिमि ॥
मुखले होइन व्यवहारबाट क्रान्ति देखाऊ ।

विदेशीको गुलाम बनि राष्ट्रवादी कुरुप नदेखाऊ ॥

Comments

Popular posts from this blog

लेख (शीर्षक) : नेपालमा अपाङ्गमैत्री भौतिक संरचना र वर्तमान कार्यान्वयनको अवस्था

कविता : अनुरोध