गजल : अति भो तिम्रो लिला


                              मिति : २०७१ कात्र्तिक १८



भै गो अब तिमीसँग भेट्नु छैन मैले ।
रेटिएको मुटु अझै रेट्नु छैन मैले ।।

बाचाहरु धेरै गर्याै   सगरमाथा चुली बन्ने । 
पीडाको त्यो गन्तव्य छेड्नु छैन मैले ।।

धेरै कोशिष गरेँ मैले तिमीलाई भुल्न भनी । 
हृदयमा बसेकी छ्यौ मुटु सेक्नु छैन मैले ।।

भूल भयो तिमीसँग फगत् सपनाहरु देख्न । 
गन्तव्यहीन यात्रा अब बाँच्नु छैन मैले ।।

हाँसोसँग खुशी जीवन बाँच तिमी सधैँभरी । 
हेर्ने इच्छा यही छ फूलले सजिनु छैन मैले ।।

Comments

Popular posts from this blog

लेख (शीर्षक) : नेपालमा अपाङ्गमैत्री भौतिक संरचना र वर्तमान कार्यान्वयनको अवस्था

कविता : अनुरोध